बिहीबार, चैत ९, २०७९

पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु, ९,३०५ जनामा संक्रमण

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २९ गते १६:५०

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाइँको प्रतिक्रिया