बुधबार, चैत ८, २०७९

पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔं -पूर्वप्रधानमन्त्री भट्टराई

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २९ गते १४:२०

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ )२० बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

उनले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने बताए । त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनको भनाइ छ ।

यस्तै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन् ।

तपाइँको प्रतिक्रिया