बिहीबार, जेठ १८, २०८०

खनाल नेपाललाई गाली गरेर पार्टी विभाजित गरिदैछ- भुसाल

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २९ गते १३:१३

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले भलनाथ खनाल र माधव नेपाललाई गाल गरेर पार्टी विभाजन गर्न लागिएको बताएका छन् । केपी शर्मा ओली प्रति लक्षित हुँदै नेता भुसालले दोस्रो पटक पनि असपल भएका शक्तिहले चुनावका नाममा फेर प्रतिनिधि सभा विघटन गर्न लागेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन, हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।

आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन भन्दै उल्लेख गरेका छन् ।

उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको बताउँदै आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया