बुधबार, चैत ८, २०७९

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २९ गते १२:४९

काठमाडौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ आज ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएसँगै अहिले नेपालमा सुनको कारोबार भने ठप्प जस्तै छ ।

तपाइँको प्रतिक्रिया