बिहीबार, जेठ १८, २०८०

काठमाडौका सबै सरकारी अस्पतालमा कोभिड अस्पताल बनाउने निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते १६:२३

काठमाडौं । कोभिड १९ का विरामीहरु दिन प्रतिदिन बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकामा सबै सरकारी अस्पतालालाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।

साथै काठमाडौंमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने तर माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए। त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जनाएका छन् ।

निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले बताए।

तपाइँको प्रतिक्रिया