नेकपा मसालका महासचिव सिहलाई कोरोना पुष्टि
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते १४:२८
काठमाडौ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहलाई कोरोना संक्रमण भएको छ । ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा रहेका छन् । परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए ।
पुरीका अनुसार सिंहको स्वास्थ्य सुधारोन्मुख छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको पुरीले जानकारी दिए ।