काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते १४:१३
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालका अनुसार, पसल खोल्ने समय बिहान १० बजेसम्म पुराइएको छ, । पार्टी प्यालेसमा विवाह र व्रतबन्ध रोक्ने र अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी रहेका थिए ।
सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्नसक्ने अधिकार दिएको छ।