सोमबार, चैत ६, २०७९

झलनाथ खनाल डिस्चार्ज हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते १२:२६

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज डिस्चार्ज हुँदै छन् । कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल थापाथलीमा उपचार गराउँदै आएका थिए ।

अस्पतालका सूचना तथा सञ्चार प्रमुख सोमनाथ बाँस्तोलाले खनाल आज डिस्चार्ज हुने बताए। खनाल वैशाख १८ गते नर्भिक अस्पताल भर्ना भएका थिए। खनाललाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

तपाइँको प्रतिक्रिया