टेकु अस्पतालमा कोरोना परीक्षण रोकियो
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते १२:१२
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष कारण भन्दै पीसिआर परीक्षण रोकेको हो ।
विषेशकारणबस अर्को सूचना नभएसम्मका लागि पीसीआर परीक्षणको कार्य स्थगित गरिएको अस्पतालका निर्देशक सागरराज राजभण्डारीले जानकारी दिएका छन् ।
अस्पतालले जारी गरेको सूचनामा पीसीआर परीक्षण स्थगित गर्नुको कारण उल्लेख छैन।
हेर्नुहोस् विज्ञप्ति