शनिबार, असोज १५, २०७९

देउवाद्वारा बोलाइएको विपक्षी दलको बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २८ गते ११:४२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकबाट विश्वासको प्रस्तावमा असफल भएसँगै प्रमुख प्रतिपक्ष गठबन्धको सरकार बनाउने रणनीति सहित विपक्षी दल अघि बढेका थिए ।

विपक्षी दल कांग्रेस, माओवादी र उपेन्द्र यादव समूहको विपक्षी गठबन्धनको सरकार निर्माण बारे छलफल गर्न कांग्रेस सभापति शेर बहादुर देउवाले बोलाएको बैठक आफ्नै दलको आन्तरिक विवादका कारण स्थगित भएको छ ।

कांग्रेसको पौडेल पक्षले पहिले पदाधिकारीको बैठक डाकेर मात्रै अरु दलसँग छलफल गर्नुपर्ने अडान लिएपछि २ बजेका लागि तोकिएको विपक्षी गठबन्धनको बैठक स्थगित भएको हो।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले गठबन्धनको बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका छन्। दिउँसो ३ बजे सभापतिको निवासमा पदाधिकारी बैठक बस्ने उनले बताए।

तपाइँको प्रतिक्रिया