मंगलबार, मंसिर २०, २०७९

एकै दिन १३९ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १८:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हाल सम्मकै सर्वाधिक १३९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

 

पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

चौबीस घण्टाको अवधिमा ४,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया