बिहीबार, जेठ १८, २०८०

‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?-देउवा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १५:०५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने क्रममा उनले उक्त प्रश्न सोधेका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताउँदै सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए । प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’

प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताए । ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ? साथै उनले आफ्ना सांसदहरुलाई केपी ओलीको विपक्षमा मतदान गर्न आव्हान समेत गरे ।

तपाइँको प्रतिक्रिया