बिहीबार, असोज २०, २०७९

सरकार सफल भएर छोड्छ-प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १४:४६

काठमाडाै । प्रधानमन्त्री ओली ससदबाट विश्वासको मत लिदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम र त्यसको उपचारमा केन्द्रीत रहेको बताए । उनले आवश्यकता अनुसार कोभिड विरुद्धको लडाईमा प्रभाकारी ढंगले लडिरहेको बताए ।

उनले कोरोनाबाट ज्यान गुमाउने परिवार प्रति दुख व्यक्त गर्दै उपचारार्थ व्यक्तिहरुको स्वास्थ्य लाभको कामना गरे । उनले कोरोना विरुद्धको लडाईमा पक्ष र विपक्ष नभई सबै एक जुट हुनु पर्ने बताए । सामाजिक, आर्थिक रुपमा गम्भीर रुपमा प्रतिकुल असर पारिरहेको जनाएका छन् । उनले विचारका भिन्नता थाती राख्दै एकजुट भई लड्नु पर्ने जनाए ।

उनले सरकारका प्रयासलाई साथ सहयोग दिदै यस पक्षमा सबै पक्षहरु एकजुट भएर कोभिड विरुद्धको लडाईमा सामेल हुन आव्हान गरे । जनतालले देख्ने गरि बुझ्ने गरि सबैले लागेको हुनुपथ्यो । तर त्यसरी जान नसको बताए । उनले हाम्रा गतिविधि, चिन्तन जुन कुरामा केन्द्रीत हुनु पथ्र्याे त्यो हुन नसकेको बताए । उनले सरकार कोभिड केन्द्रीत भएर लागेको तर सरकारले अनेकौ अप्ठ्याराको सामना गर्नु परेको बताए। हामी कोभिड विरुद्धको लडाईमा छौ । तर सरकार र प्रधानमन्त्री विरुद्ध हिलो छ्याप्ने काम भएको बताए । कोभिड विरुद्धको भ्याक्सिन खरिद गर्ने अवसरमा सरकारलाई भ्रष्टाचार गरेको भनेर मुछिएको आरोप लगाए ।

जनताको जीवनरक्षा पहिलो सर्त भएको बताउँदै यस्तो अवस्थामा भ्रष्टाचार गर्ने जो सुकैलाई पनि नछोड्ने बताए । उनले प्रधानमन्त्री ओलीले कुनै अनअफिसिल अनौपचारिक पत्रमा हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरि राखि किर्ते गरेकोमा दुख व्यक्त गरे । राष्टिय, लोकतन्त्र जनजीविका, भ्रष्टाचार मानवाधीकारका पक्षमा अनुचित रुपमा हस्ताक्षर नगर्ने बताए । राजनीतिक अवस्थाको कारण म माथि संसदको विश्वास छ भन्दै उक्त प्रस्ताव राखेको बताए । मेरो सग्लग्नता कहाँ छ भन्ने हैन हामी सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधित्व गरेकाले विचार र आफ्ना स्वास्र्थबाट परिचालित नभई आवद्धता वा संग्लनतामा नभई सत्य र तथ्यमा भई निर्णय गर्न आग्रह गरे । उनले सत्यलाई पछ्याउँछौं भने वर्तमान सरकार अविश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको बताए ।

स्वाधीनता स्वतन्त्रताको व्यवहारिक कार्यान्वयका साथै भौगौलिक अखण्डताको रक्षाको सन्दर्भमा राष्टियता स्वाविमान माथि उठान वर्तमान सरकारले कुनै कसर बाँकी राखेको छैन उनले भने । हाम्रा कामहरु आफै बोल्छन्, राष्टियताको क्षेत्रमा उपलब्धीमुलक काम गर्नु पर्ने अवस्थामा विश्वास नगर्नु पर्ने कुनै कारण छैन । अविश्वास गर्नु पर्ने र विश्वास नगर्नु पर्ने कुनै कारण नभएको बताउँदै सुशासन, शान्ति सुव्यवस्थाका सन्दर्भमा समस्यालाई थाती राखेर हैन काम गरेर सफलताका साथ अघि बढेको बताए । हामीले बैचारिक हिसाव, सवैधानिक भावनाहरुको प्रश्नका सन्दर्भमा कुनै समस्या छैन् । जहाँ सम्म संविधानमा भएका त्रुटिहरु व्यवहार र आवश्यकताका आधारमा सच्याउँदै जाने उद्घोष गरे ।

संविधानलाई संसोधन गर्नका लागि सबै पक्षसँग मस्यौदाका रुपमा छलफल गर्न कार्यदल बनाएर अघि बढेर जान सकिने बताए । संविधान असंसोधनिय दस्तावेज नभएको बताए । विखण्डन र विभाजनको राजनीति हैन भौगौलिक रु सार्वभौमसत्ता रुपमा कुनै विवाद नभएको बताए ।
राजनीति उद्धेश्य प्राप्तिका लागि आफ्ना माग र उद्धेश्य प्राप्त गर्नका लागि हिंसालाई मार्ग परित्याग गराएर शान्ति पूर्ण तरिकारले त्यस्तो पक्षलाई समेत ल्याएको बताए । राजनीति रुपमा हिसाको पक्षपोण गर्ने शक्ति र त्यसको क्षतिको स्थीत राखेकोमा त्यस्तो पूराना पूराना अपराधहरु पत्ता लगाएर दोषीहरुलाई कानूनी कटघरामा ल्याएको बताए ।

सरकार सफल भएर छोड्छ हिजोको भन्दा बढी काम भएको बताए । दिनमा ६ किलोमिटर सडक कालोपत्रे बनिरहेको बताउँदै सरकारका कामको व्याख्या गरेका छन् ।हामी गन्तव्य निर्धारण गर्छाै त्यसका लागि हाम्रा नीति अनुरुप काम गरिहेको बताए । सडक बालबालिका मुक्त गरेको दाबी गरे । नेपालबाट खाते भन्ने बर्तमान सन्दर्भमा कुनै शब्दकोषमा नहुने बताए । हामी राजनीतिलाई स्वार्थको दुनो सोझ्याउने बनाउने कि अस्त्रको रुपमा बुझ्दैछौ कि देश बनाउने संकल्पको रुपमा भन्दै प्रश्न गरेका छन् । देश र जनताको सेवा गर्ने माध्यम नै राजनीति भएको बताए ।

तपाइँको प्रतिक्रिया