बिहीबार, असोज २०, २०७९

प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने माओवादी केन्द्रको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते १२:३४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिदै छन् । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विपक्षीमा मतदान गर्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्रको ससदीय दलको बैठकले प्रधानमन्त्री ओलीले तत्त्काल राजीनामा दिएर संसद खुला गर्नु पर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नुका साथै संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गर्ने जनाएको छ ।

नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताउँदै माओवादी केन्द्रका सासद देवेन्द्र पौडेलले अविश्वास प्रस्ताव दर्ताको तयारी समेत रहेको जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया