नेपाल पक्षधर सांसदहरुले ओलीको पक्षमा मतदान नगर्ने,बैठकमा अनुपस्थित हुने निर्णय
काठमाडौं । सत्तारुढ दल भित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ । खास गरि पार्टी भित्र गुटबन्दी गर्दै आएका नेता माधव कुमार पक्षधर सांसदहरुले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने निर्णय गरेका छन् ।
सोमबार दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका केपी शर्मा ओली विरुद्ध माधव समूह विपक्षमा उभिएको छ ।माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले बताएका छन्।
प्रधानमन्त्री ओलीले हतारमा कुनै निर्णय नगर्न आफ्नो दलका सांसदहरूलाई आग्रह गरेको केही मिनेटपछि नेपाल-खनाल पक्षको निर्णय आएको हो।
ूहामीले आजको प्रतिनिधिसभाको बैठक जुन प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धाराहरूको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर बोलाउन लगाउनुभएको छ त्यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौँ, बैठकपछि रावलले भने।
ूसाथसाथै उहाँलाई विश्वासको मत दिनुहुन्न। उहाँ प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ।