बिहीबार, मंसिर १५, २०७९

प्रधानमन्त्री ओलीले गरे आफ्नो पक्षमा मतदान गर्न आग्रह

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते ११:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् । सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशन मार्फत विश्वासको मत लिन लागेको जनाकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्विट मार्फत भनेका छन् नेकपा एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।

त्यस्तै उनले यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं भन्द्रै ट्विटमा उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया