शुक्रबार, असोज २१, २०७९

बाजुरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २७ गते ९:१४

बाजुरा । बाजुरामा थप कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा न २ का ५९ वर्षीय पुरुष र बडिमालिका नगरपालिका ९ कै ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोभिड १९ सुचनाका अधिकारी चुडामणी पन्तले जानकारी दिएका छन्

पुरुष दमका बिरामी रहेका उनको थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आएका र उनको उपचारको क्रममा एन्टिजेन बिधीबाट गरिएको परिक्षणमा उनको मृत्यु भएको सुचना अधिकारी पन्तले बताएका छन ।

त्यसै गरि महिला किड्नीको समस्या भएको र उपचार गर्दा कोरोना पोजेटिभ देखएको जनाएको छ । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ४ पुगेको छ ।

तपाइँको प्रतिक्रिया