शनिबार, असोज १५, २०७९

सामाजिक अभियान्ता थापा र जोशीको पहलमा डडेल्धुरा अस्पताललाई ४० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २६ गते २१:३६

डडेल्धुरा । नयाँ भेरयन्ट सहितको दोस्रो लहरको कोरोनाले महामारीको रुप ग्रहण गरेसँगै मुलुकका स्वास्थ्य संस्थाहरुमा अक्जिन सिलिन्ण्डरको कमी हुन थालेको छ । अक्सिजनको कमी भएसँगै कोरोना भाइरसका संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।
सोहि अवस्थालाई मध्यनजर गर्दै सामाजिक अभियान्ता हेमराज थापा र यादब जोशीको पहलमा डडेल्धुरा अस्पताललाई ४० वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

पछिल्लो समयमा डडेलधुरा अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र अक्सिजन सिलिण्डरको अभाव रहेको खबर बोलन्या थलिका केन्द्रीय अध्यक्ष यादब जोशीलाई जानकारी दिए लगत्तै समाजिक अभिन्ता हेमराज थापा र यादब जोशीको लामो प्रयासपछि उक्त सिलेन्डर डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

देश भर अक्सिजनको कमि हुँदा र न पाउँदाको समस्यालाई मध्यनजर गर्दै सामाजिक अभियान्ता हेम राज थापा र यादब जोशीले काठमाडौमा कतै सिलेन्डर नपाए पछि भेरि अन्चल अस्पतालमा गएर दुई दिन रात लाईनमा बसेर सिलेन्डर उपलब्ध गराएको बोलन्या थली धनगढीका अध्यक्ष यादब जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार सुदुरपश्चिममा अरु जिल्लाको लागि पनि पहल गरिरहेको जानकारी दिए । त्यस्तै सामाजिक अभियन्ता हेमराज थापाले यो महामारीमा आफू मात्र नभएर आफ्नो टिम नै देशभर खटिएको र अझै पनि कोहि अक्सिजनको अभावले ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले लागिपरेको बताएका छन् । दुई दिन भेरी अञ्चलमा लाइन लागेर निकै अनुरोध पछि उक्त अक्सिजन सिलिन्डर उपलब्ध गराउन सफल भएको बताएका छन् ।

सामाजिक अभियन्ता थापा र जोशी अक्सिजनको ब्यवस्थापन गर्नु पर्ने भएकोले डडेल्धुरामा भौतिक उपस्थिति हुन नसक्ने बताउदै उक्त अक्सिजन सिलेन्डर बोलन्या थली युनिट डडेल्धुराका संयोजक तथा पत्रकार महासघ डडेलधुराका सदस्य दिपक भट्ट र सामाजिक अभियन्ता तथा साहित्यकार रीता शाहिलाई हस्तान्तरण गरिदिन अनुरोध गरेका थिए । उक्त अक्सिजन सिलेन्डर डडेल्धुरा स्थित विभिन्न मिडियामा कार्यरत पत्रकार सहित एक औपचारिक कार्यक्रमबीच डडेल्धुरा अस्पतालका अध्यक्ष करुणा कर ओझा अस्पतालका प्रमुख डा. जगदीश चन्द विष्टलाई हस्तान्तरण गरिएको हो । ,

अस्पतालमा यति ठुलो संख्यामा अक्सिजन सिलेन्डर उपलब्ध गराई दिएकोमा बालन्या थलि धनगढी सामाजिक अभियान्ता हेमराज थापा ,बोलन्या थली डडेल्धुरा युनिटका संयोजक दिपक भट्ट सामाजिक अभियान्ता रीता शाहि लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया