ओम अस्पतालद्वारा अब देखि कोरोनाका बिरामी भर्ना नगर्ने घोषणा
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २६ गते १५:३३
काठमाडौं । राजधानी काठमाडौंमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले कोरोनाका बिरामी भर्ना नगर्ने घोषणा गरेको छ ।सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन अपर्याप्त भएको भन्दै कोरोनाका बिरामी भर्ना नगर्ने घोषणा गरेको हो ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले भनेको छ,सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन सक्दैनौं ।
अस्पतालले कोभिड बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति भएपनि अक्सिजनको अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ रहेको विज्ञप्तिमा जनाएको छ । अक्सिजनको आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत् संचालन गर्ने पनि अस्पतालले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति