बुधबार, मंसिर १३, २०८०

संबैधानिक परिषदद्वारा लोकसेवा सहितका संवैधानिक आयोगमा सिफारिस

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २६ गते ११:४४

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका रिक्त संवैधानिक आयोगका विभिन्न पदहरुमा सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वइच्छाचारी ढंगले संवैधानिक अंगहरु माथि हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता शेर बहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा भने बैठकमा सहभागी भएका थिएनन् ।

तपाइँको प्रतिक्रिया