मंगलबार, असोज ११, २०७९

संबैधानिक परिषद्को बैठक सुरु,सभामुख र देउवा भने अनुपस्थित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २६ गते ११:०६

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को सुरु भएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित रहेका छन् ।

गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश–२०७८ जारी गरेका थिए ।

अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।

तपाइँको प्रतिक्रिया