नेपालमा कोभिड महामारी नियन्त्रणमै छ- प्रधानमन्त्री ओली
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १२:५१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाई नियन्त्रणमै रहेको बताएका छन् । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमणले पछिल्लो समय महामारीको रुप लिएको भए पनि प्रधानमन्त्री ओलीले नियन्त्रणमा रहेको बताएका हुन् ।
शनिबार अपरान्ह् सीएनएन अन्तराष्टिय सञ्चार माध्यमलाई प्रत्यक्ष प्रसारणमा अन्तरवार्ता दिदै प्रधानमन्त्र ओलीले नेपालमा कोभिड १९ महामारीविरूद्दको लडाइँ नियन्त्रणमै रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिदैं क्रममा विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल पनि गरेको समेत थापाले ट्विट मार्फत जानकारी दिएका छन् ।