अध्यादेश मार्फत संवैधानिक आयोगमा पदपूर्ती गर्ने कार्य तत्काल बन्द गर- नेपाल
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २५ गते १०:५३
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारलाई अध्यादेश मार्फत गरिने संवैधानिक आयोगमा पदपूर्ती गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
सरकारको विरोध गर्दै नेता नेपालले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण गरेका हुन् ।नेता नेपालले भनेका छन,कोरोना (कोभिड १९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।
मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु भन्दै उल्लेख गरेका छन् ।