मंगलबार, मंसिर २०, २०७९

प्रधानमन्त्री ओली सहित सचिवालयकाहरुको स्वाव संकलन

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते १४:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयका व्यक्तिहरुको स्वाव संकलन गरिएको छ । नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना भाइरस संक्रमणले तिब्र गति लिएसँगै बालुवाटारमा पनि कोरोनाको स्वाव संकलन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जानकारी दिएका छन् । आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको थापाले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया