शनिबार, मंसिर २४, २०७९

एमालेले बनायो बादललाई उम्मेद्वार, उम्मेद्वारी दर्ता गर्न हेलिकोप्टर मार्फत हेडौंडा पुगे

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते १२:२४

काठमाडौं । आगमी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालले राम बहादर थापा बादललाई उम्मेद्वार बनाएको छ । राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेद्वार बनेसँगै बादल हेलिकोप्ट मार्फत उम्मेद्वारी घोषणा गर्न हेटौंडा पुगेका छन् ।

माओवादी केन्द्रलाई परित्याग गरि एमाले बनेका गृहमन्त्री समेत रहेका थापालाई शुक्रबार बिहान एमालेले उम्मेद्वारा घोषणा गरेको थियो। लड्न राजी भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न निर्वाचन आयोगले यस अघि नै कार्यतालिका सार्वजनिक गरेको थियो ।

तपाइँको प्रतिक्रिया