मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते
पर्वत । मलामी बोकेको जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजार स्थित अस्पतालसम्म आउँदै गरेको ग २ च ५२१३ नम्मरको जीप कुश्मा नगरपालिका १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अंकित परियार, उज्वल परियार, बाबुराम परियार, डिले परियार, मिन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
उनीहरु कुश्मा नगरपालिका १३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मृगौला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो ।