बुधबार, मंसिर १३, २०८०

फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरूका निर्णयहरू फिर्ता लिनुपर्छ-नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते ११:४३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि वार्ता र लचकता दुवै अपनाउने बताएका छन् । विहिबार राष्टपति विद्यादेवी भण्डारीसँगको छलफल पश्चात पार्टी एकताको पक्षमा रहेको सन्देश दिएका नेता नेपालले अहिले सम्म कुनै सहमति नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा मार्फत नेता नेपालले भनेका छन्,हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।

नेता नेपालले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने अडान कायम गरेका छन् ।साथै २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो भन्दै सामाजिक सञ्जालमा आफ्नो भनाई प्रष्ट पारेका छन् । उनले यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन समेत नेता कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया