शुक्रबार, जेठ २६, २०८०

सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते ११:००

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ । मुख्यमन्त्री भट्टकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा निधन भएको हो । उनको निधनबारे एमाले नेता भीम रावलले दुख व्यक्त गरेका छन् ।

नेता रावलले ट्विट गर्दै भनेका छन्, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टकी ममतामयी आमा शारदादेवी भट्टको ८४ बर्षको उमेरमा दुःखद निधन भएकोमा मृतक आमाप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै मुख्यमन्त्रीजी लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि शारदाको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनका घरपरिवारले जनाएको छ ।

तपाइँको प्रतिक्रिया