बिहीबार, जेठ १८, २०८०

खोप अनियमिताबारे प्रधानमन्त्रीलाई थाहा थियो तर रोक्नु भएन- थापा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते १०:२४

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले खोप अनियमिताबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी भएपनि उहाँले कुनै चासो नराखेको प्रतिक्रिया दिएका छन् ।

नेता थापाले शुक्रबार बिहान ट्विट गर्दै भनेका छन्, खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ, जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सवै प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफै संलग्न हुनुभयो।

जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पुरा गर्नुपर्छ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया