मंगलबार, मंसिर २०, २०७९

एमाले शिर्ष नेताको बैठक बस्दै,राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारको टुंगो लगाइने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २४ गते १०:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिर्ष नेताहरुको बैठक बस्दैछ । बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदका लागि लागि पार्टीबाट उम्मेदवार तय गर्नका लागि बैठकले टुंगो लाउने भएको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि आवश्यक रणनीति र वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भनेकोले त्यसबारे तयारी गर्न शीर्ष नेताबीच छलफल हुन लागेको सा्रेतले जनाएको छ । उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।

तपाइँको प्रतिक्रिया