बिहीबार, जेठ १८, २०८०

एकैदिन ९ हजार ७० जना कोरोना संक्रमित थपिए, ५४ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते १८:३४

काठमाडौं । नेपालका एकैदिन ९ हजार ७० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

 

तपाइँको प्रतिक्रिया