शनिबार, मंसिर २४, २०७९

पचाररत चार सङ्क्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते १७:१८

धनगढी ।पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन्् ।

धनगढीका ८१ र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार तथा धनगढीकै ५८ वर्षीया महिलाको बुधबार र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया बिहीबार मृत्यु भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिए ।रासस

तपाइँको प्रतिक्रिया