मंगलबार, मंसिर २०, २०७९

रहेनन् लोकप्रिय गायक प्रेमध्वज प्रधान

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते १५:५६

काठमाडौं । लोकप्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।ुगोल्डेन भ्वाइस अफ नेपालका नामले सुपरिचित लोकप्रिय गायक प्रधानको ८५ वर्षको उमेरमा बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको भतिज मञ्जुकुमार प्रधानले जानकारी दिएका छन् ।

१२ दिन देखि सोहि अस्पतालमा उपचारार्थ प्रधानको कोरोना भएको आशंका गरिएपनि रिपोर्ट आइनसकेको बताइएको छ ।
२००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो। गोरेटो त्यो गाउँकोु, घुम्तीमा नआउ है, नमान लाज यस्तरी, पर लैजाउ फूलहरु, तिमीलाई अचेल कहाँ भेटुँ जस्ता लोकप्रिय गीतमा स्वर दिएका सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधान ुगोल्डेन भ्वाइस अफ नेपाल भनेर चिनिन्छन्।

त्यस्तै उनले नेपाली माइतीघर, जीवनरेखा, मायालु, बद्लिदो आकाश, जीवन संघर्षलगायत सिनेमामा समेत गीत गाएका छन्।

तपाइँको प्रतिक्रिया