बुधबार, मंसिर १३, २०८०

चार जना संघीय सांसदलाई कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते १३:०७

काठमाडाै । संघीय संसदका चार सांसदलाई कोरोना पोजेटिभ देखिएको छ । बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीको पोजिटिभ आएको हो ।

यहि बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी पछि संसद बैठक बस्नु अघि सरकारले संघीय संसदको कोरोना परीक्षण गरेको थियो ।

तपाइँको प्रतिक्रिया