सोमबार, चैत १३, २०७९

एक आमाले जन्माइन एकैपटक नौ वटा स्वस्थ बच्चा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते ११:४८

एजेन्सी । मालीमा सुन्दा पनि अच्चम लाग्ने एक घटना घटेको छ । एक गर्भवतिले सामान्यतया एक बच्चा जन्माउने गर्छन् । अपवादको रुपमा कहिलेकाहिँ दुई बच्चा जन्मिएको देख्न र सुन्न पनि पाइन्छ । तर मालीकी एक गर्भवति महिलाले नौ बच्चालाई जन्म दिएकी छन् ।
मालीकी एक २५ वर्षीया महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन्।

पहिला चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए। तर हालिमा सिसेले मोरोक्कोमा अझ दुईवटा बढी बच्चा जन्माइन्।

उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएका हुन्। म धेरै खुसी छु,ू उनीका पतिले बीबीसीलाई बताएका छन्। मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्।

सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ।

यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ। तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियामा ती कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन्।

विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए। ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए।

मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले माली र मोरोक्कोका स्वास्थ्यकर्मीलाई बधाई दिएकी छिन्। दुई साता मालीको राजधानी बामाकोस्थित अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको डा.सिवीले बताइन्।

मोरोक्कोमा पाँच साता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेको बच्चाहरू जन्माइएको थियो।

उनको पति एड्जुदान्त कादेर आर्बी आफ्नो जेठी छोरीसँग अझै मालीमै छन् र उनले आफू पत्नीसँग सम्पर्कमै रहेको एवं परिवारको भविष्यका बारेमा चिन्तित नभएको बताएका छन्।

ूभगवान्‌ले हामीलाई यी बालबच्चा दिए। उनैले ती सबैलाई के हुन्छ भनेर निर्णय गर्छन्। म त्यो विषयमा चिन्तित छैनौँ। जब उनले केही गर्छन्, उनलाई किन भन्ने थाहा हुन्छ,उनले बीबीसीलाई बताए।

उनले आफ्नो परिवारले प्राप्त गरेको सहयोगले उत्साहित भएको बताएका छन्। सबैले मलाई फोन गरे, सबैले। मालीको सरकारले पनि खुसी भएको बताए। मैले धन्यवाद दिएँ।।। राष्ट्रपतिले पनि मलाई फोन गरे।

सिसे र उनका बालबच्चा केही सातापछि माली फर्किने अपेक्षा गरिएको छ। मालीको सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने कारण मोरोक्को पठाएको थियो। बिबिसी

तपाइँको प्रतिक्रिया