एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते ११:०८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेपछि त्यसबारे आवश्यक रणनीति तय गर्नका लागि स्थायी कमिटीको बैठक बस्न लागेको हो।
नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई स्थायी कमिटी बाहिर राखेका प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन लागेका हुन । जसका लागि प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवासँग देउवा निवास बुढानिलकण्ठ पुगेर छलफल परामर्श गरेका थिए ।