बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २३ गते १०:४१
काठमाडौं । बाँकेमा थप १० जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुष,नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको रहेका छन् ।
त्यस्तै नेपालगञ्ज १० का ७८ वर्षीय पुरुष, नेपालगञ्ज १० कै ७८ वर्षीया महिला, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।