नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै एकै दिन ५८ जना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते १६:४४
काठमाडौं । नेपालमा कोरोना भायरस संक्रमणबाट दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाका अवधीमा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।