बिहीबार, जेठ १८, २०८०

लुम्बिनीका एमाले सांसद डाँगीले दिए पदबाट राजीनामा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते १५:२८

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित भएका डाँगी बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले बताएका छन् ।

यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । उनी कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाबाट उपचुनाव लडेकी सांसद विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । योसँगै लुम्बिनीमा एमालेमा प्रदेश सभा सदस्य घटेर ३८ जना भएका छन् ।

तपाइँको प्रतिक्रिया