‘नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता हो’- प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नपाल िमोडेलको समाजवाद स्थापनाका बाटोमा लामवद्ध हुन अहिलको आवश्यकता भएको बताएका छन् । नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका उल्लख गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिने बताएका छन् ।
कार्ल माक्र्सको २०३ औं जन्मदिनको अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । कार्ल माक्र्सले आविष्कार गर्नुभएको वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
मार्क्सले प्रतिपादन गर्नुभएको मार्क्सवादभन्दा अगाडि शासक वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र श्रमजीवि वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । मार्क्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भएको जनाएका छन् ।
अध्यक्ष प्रचण्डले मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार भनेको श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले अगाडि सारेको जनाएका छन् । नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको एक उपलब्धीका रुपमा लिन सकिन्छ ।
उनले वर्तमान संविधानले निर्देश गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको जनाएका छन् । त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु उनले भनेका छन्। यसरी नै हामीले कार्ल माक्र्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न सकिन्छ । कार्ल मार्क्स र मार्क्सवाद अमर रहोस् भन्दै उनले शुभकामना सन्देश दिएका छन् ।