बिहीबार, मंसिर १४, २०८०

माओवादी केन्द्रले बुझायो सरकारलाई दिएको समर्थन फिर्ताको पत्र

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते १२:१३

काठमाडाै । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पत्र बुझाएको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्।

 

माओवादी केन्द्रको हिजो बसको बैठक सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनका लागि मार्ग प्रशस्त गरेको भए पनि ओलीले नैतिकताका आधारमा राजीनामा नदिएका कारण समर्थन फिर्ता लिएको माओवादी केन्द्रले जनाएको छ ।

हेर्नुहाेस् पत्र

तपाइँको प्रतिक्रिया