बुधबार, चैत ८, २०७९

सुनचाँदीको भाउ घट्यो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते ११:४५

काठमाडौं। आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन तोलाको ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया