बुटवलको कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २२ गते १०:४०
काठमाडाै । बुटवलमा ८ घण्टाको अवधीमा थप ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितहरुले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष,बञ्चन गाउँपालिका-४ का २७ वर्षीया महिला,बुटवल-९का ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका-४ की ४० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।