बिहीबार, मंसिर १५, २०७९

नेपालमा एकै दिन ५५ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १७:३७

काठमाडाै। नेपालमा एकै दिन थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाइँको प्रतिक्रिया