बुधबार, चैत ८, २०७९

माओवादी केन्द्रले सरकारलाई दिएको निर्णय फिर्ता लियो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १७:२६

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको निर्णय फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्णय गरेको हो ।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । त्यस्तै बैठकले सरकारले विशेष अधिवेशन बोलाउनुको उद्देश्य राम्रो नदेखिएको भन्दै त्यसमा सवैको ध्यान जान जरुरी रहेको निष्कर्ष समेत निकालिएको प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

साथै लुम्बिनीको सरकार गठन प्रक्रिया अलोकतान्त्रिक रहेको र प्रदेश सरकार घोषणा गर्ने निर्णय अवैधानिक रहेको माओवादी केन्द्रको ठहर गरेको छ ।
तत्कालिन नेकपा उमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण पश्चात नेकपाको सरकार बनेको थियो । सर्वाेच्च अदालतले नेकपा पार्टीको नाम जुधेको भन्दै पार्टी अलगअलग गरेसँगै पार्टी भित्र नेकपा माओवादी र एमाले अलग अलग पार्टीको रुपमा रहेका हुन् ।

तपाइँको प्रतिक्रिया