कोरोना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १४:४२
काठमाडौं । कोरोना भाइरस महामारीका कारण न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।
पूर्व महान्यायाधविक्ता समेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।
कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन् । जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् भएका थिए । उनको निधनको खबरले न्यायालयमा अतुलिनिय क्षति भएको उनका शुभचिन्तकहरुले जनाएका छन् ।