कांग्रेस नेता शर्माद्वारा प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएको घोषणा
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १३:१८
काठमाडाै । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्व प्रकाश शर्माल कांग्रेस प्रवक्ताबाट बिदा लिएको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उपचारार्थ रहेका प्रवक्ता शर्माले अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको घोषणा गरेका हुन् ।
मंगलबार नेता शर्माले ट्विट गर्दै भनेका छन्, अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । मिडिया, पार्टी र शुभचिन्तकहरुसंग क्षमा चाहन्छु ।
साथ उनले चाँडै नै पुर्ण स्वस्थ भएर पुर्ण जाँगर साथ मैदानमा फर्किने विश्वास समेत व्यक्त गरेका छन् । उनले विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु धन्यवाद भन्दै ट्विटमा उल्लेख गरेका छन् ।