बुधबार, मंसिर १३, २०८०

उपत्यकाका प्रजिअको बैठक बस्दै, ललितपुरका प्रजिअलाई भने कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २१ गते १२:५३

काठमाडौं । काठमाडौं उपत्यकामा जारी लकडाउन बढाउने बारे निर्णय गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसी एक साता थप निषेधाज्ञा बढाउने र थप कडाई गर्नेबारे छलफल हुन लागेको जनाइएको छ।

वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । मन्त्रीपरिषदको निर्णयले समेत निषेधाज्ञाबारे कडाई गर्ने निर्णय गरेसँगै त्यसलाई कार्यान्वयन गर्ने बार विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आजको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया