पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितले ज्यान गुमाए,७,४४७ जना संक्रमित थपिए
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते १७:४२
काठमाडाै । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७, ४४८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
सोही अवधिमा थप २,०२१ जना सङ्क्रमणमुक्त भएपछि हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको मन्त्रालयको जनाएको छ ।