बिहीबार, चैत ९, २०७९

सरकारद्वारा सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रमुख पदमुक्त गर्दै नयाँ नियुक्त

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते १७:२९

काठमाडौं । सूदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रदेश प्रमुखलाई नियुक्त गरिएको छ । सरकारको सिफारिसमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखशर्मिला कुमारी पन्त पदमुक्त गरिएको हो ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

तपाइँको प्रतिक्रिया